१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन



अ+ अ-

बाजुरा। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।

शाखा कार्यालय मार्तडी र कोल्टी शाखा कार्यालयले चाडपर्वलाई लक्षित गरी आजदेखि सहुलियत पसल सञ्चालन गरेको जिल्ला शाखा प्रमुख उमेश भण्डारीले जानकारी दिनुभयो ।

सरकारले भदौ ३० गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने नीतिअनुसार यहाँ पनि त्यसलाई कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।

यहाँ अन्य समयमा बिक्री गर्दै आएको दररेटभन्दा प्रतिकेजी रु पाँचका दरले चामल र चिनीकोे मूल्य घटाइएको छ । जिल्लाभरि तीन हजार ५०० क्विन्टल चामल बिक्री अनुमति दिएकाले कोल्टीमा एक हजार र मार्तडीमा एक हजार क्विन्टल चामल एक महिनासम्म बिक्री हुने शाखा प्रमुख भण्डारीको भनाइ छ ।

हिमाली गाउँपालिकाको धुलाचौर, बिच्छ्या, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन र गौमुल गाउँपालिकाको घटनामा पनि सहुलियत पसल सञ्चालन हुने जनाइएको छ ।
मार्तडीमा चार हजार ८८७ क्विन्टल चामल र १५ क्विन्टल चिनी तथा कोल्टीमा तीन हजार ४२८ क्विन्टल चामल मौज्दात रहेको छ ।