काठमाडौँ । जेनजी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु क्रमशः सञ्चालन हुन थालेका छन् ।
सोमवारबाट काठमाडौं उपत्यकाका विद्यालयहरु सुचारु हुन थालेका हुन् । जेन जी आन्दोलनले त्रस्त विद्यालयहरु केही दिनका लागि बन्द गरिएको थियो ।
जेन जी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरु जलेर ध्वस्त भएसँगै विद्यालयहरुले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए । अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरु पुनः सञ्चालन भइ पठनपाठन शुरु गरेका छन् ।










