१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

लकडाउन खाद्यान्नको मूल्य बढ्यो

लकडाउन खाद्यान्नको मूल्य बढ्यो
अ अ+ अ-

काठमाडौं । लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ । तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ । बजारमा चामलको मूल्य प्रतिकिलो रु चार÷पाँच, तेलको रु १५ देखि २५, मैदा रु तीन÷चारसम्म बढेको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत बताउँछन् । बजारमा खाद्यान्नको भाउ बढ्नुको कारण खुद्रा व्यापारी थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् ।

लकडाउन समयमा उपभोक्ता मूल्यमात्रै नभएर गुणस्तर र नापतौलमा ठगिएको उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताउनुभयो । यो समयमा बजारमा खाद्यान्न कम आएको भन्दै म्याद सकिएका सामानसमेत बिक्री हुनसक्ने भएकाले सरकार चनाखो हुनुपर्ने उहाँले बताउनुभयो । सरकारले खाद्यान्नको आपूर्तिमा कुनै रोकावट नहुने भने पनि विभिन्न स्थानमा पानी, दूधलगायत खाद्यान्न बोक्ने गाडी नै रोकेको पनि उहाँले बताउनुभयो । कतिपय स्थानमा स्थानीयवासीले अन्यत्रका मानिस आउन नपाउँन् भनी बाँस राख्ने त कतै पुल रोक्ने काम गरेका छन् । उहाँले भन्नुभयो, “यसले गर्दा पनि खाद्यान्नको आयातमा नै समस्या आइरहेको छ ।”

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि सरकारले गरेको लकडाउनमा पनि सरकारले बजारको नियमित अनुमगन गर्नुपर्ने उहाँको भनाइ छ । केन्द्रमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा प्रदेश सरकार र स्थानीय सरकारले अनुगमन गर्नुपर्ने भए पनि त्यो नभएको उहाँको भनाइ छ । सरकारकै एउटा मन्त्रालय र अर्को मन्त्रालय र तीन तहबीच आपसी समन्वयमा मात्रै बजार नियमित अनुगमन र गल्ती भएमा कारवाही हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि गृह मन्त्रालयले यी–यी गाडी चल्न पाउने भनी अनुमति दिएकामा स्थानीय सरकारले रोकेको पाइएको छ ।”

खाद्यान्नको पसल खुल्ने समय एउटै नहुँदा उपभोक्तामा अन्योल देखिएको छ । एउटै पालिकाभित्र पनि कुनै वडाले बिहान ६ देखि ८ र अर्को वडाले ६ देखि ९ सम्म खोलेको पाइन्छ । कतिपय स्थानमा बिहान मात्रै बजार खोल्ने गरेको त कतिपय स्थानमा बिहान र बेलुका दुवै समयमा खोलेको पाइएको उहाँले बताउनुभयो । बिहान एउटा समयमा र थोरै समयका लागि मात्रै पसल खोलिएका स्थानमा उपभोक्ताको भीडभाड बढी पाइएको उहाँले बताउनुभयो । उपभोक्तालाई दुई घण्टा भित्रैमा दूध, तरकारी, दाल, चामल किन्नुपर्दा एकातिर भ्याइनभ्याइ हुने गरेको छ भने अर्कातिर बजारमा पनि भीडभाड भएको पाइन्छ । तरकारी र फलफूललगायत छिटो बिग्रने कुरा बेच्न नपाउँदा पसलमै बिग्रिएको व्यापारीले गुनासो गरेका छन् । बिहान साँझ नै तीन–तीन घण्टाका लागि बजार खोल्दा भीड कम हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा उपभोक्ता र व्यापारी दुवैका लागि सजिलो हुन्थ्यो ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपकराज पोखरेलले खाद्यान्नको मूल्य केही बढे पनि तरकारी र फलफूलको मूल्य कम भइरहेको बताउनुभयो । अहिले ढुवानीको खर्च बढेकाले दाल, चामल र तेलको मूल्य लकडाउन पहिलेभन्दा अहिले बढेको हुनसक्ने उहाँले बताउनुभयो । अझै पनि व्यापारीले तेकिएको मूल्य सूचीभन्दा बढी नलिएको उहाँको भनाइ छ । पहिले तेल, चामललगायत खाद्यान्न मूल्य सूचीभन्दा कममा बिक्री गर्ने गरेकाले पनि उपभोक्तालाई मूल्य बढेको लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले तेलको प्याकेटमै रु १८० लेखिएको भए पनि रु १४० मा दिने तर अहिले उद्योगबाटै बढेकाले रु १७० सम्म लिएको पाइएको छ ।”

विभागले दैनिक विभिन्न स्थानमा अनुगमन गरेर कुनै गल्ती पाइएमा कारवाही गरिरहेको निर्देशक पोखरेलले बताउनुभयो । विभागले लकडाउनकै अवधिमा तोकिएभन्दा बढी मूल्यमा मासु बिक्री गरेको भन्दै पाँच मासु पसललाई कारवाही गरिएको छ । त्यस्तै, किराना पसलले पनि तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएका स्थानमा कारवाही भइरहेको उहाँले बताउनुभयो । विभागले उपभोक्ताको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरेको छ । जसमा सबैभन्दा बढी राहतसम्बन्धी गुनासो आइरहेको छ । उहाँले भन्नुभयो, “त्यससँगै खाद्यान्नको पनि मूल्य पहिलेभन्दा बढेको गुनासो आइरहेको छ ।”

लकडाउनको एक महिना बित्दा बजारमा अहिले तरकारी र फलफूलको मूल्य भने ह्वात्तै घटेको छ । लकडाउनको एक साता पहिलेदेखि नै तरकारी र फलफूलको भाउ बढिरहेको थियो । लकडाउनको एक सातापछि बजारमा गोलभेडा प्रतिकिलो १३० सम्ममा बिक्री हुन थाल्यो । अहिले कागतीबाहेक अधिकांश तरकारीको मूल्य कम भएको छ । लकडाउनसँगै काठमाडौँ उपत्यकाका काँठ क्षेत्र र उपत्यका नजिककै जिल्लाबाट तरकारी ढुवानी हुन नसक्दा उपत्यकामा भाउ बढेको थियो । अहिले किसानले खेतबारीमा उसै खेर जानुभन्दा सस्तो मूल्यमा बिक्री गरेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गोलभेडा किलोको रु ३०÷३५ छ भने अरु तरकारी पनि घटेको छ ।”