१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला

राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’

राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’
अ अ+ अ-

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिक दलहरूले अवलम्बन गरेको ‘निषेधको राजनीति’ ले देशलाई अँध्यारो सुरुङतर्फ धकेलेको टिप्पणी गर्नुभएको छ।

काठमाडौंको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले वर्तमान राजनीतिक व्यवस्था र संविधानका कमजोरीमाथि प्रश्न उठाउँदै मुलुकलाई निकास दिन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो।

उहाँले पछिल्लो पाँच वर्षको राजनीतिक यात्राको समीक्षा गर्दा आम नागरिकमा नेता र राजनीतिप्रतिको वितृष्णामा अपेक्षित सुधार आउन नसकेको दाबी गर्नुभयो। समस्या राजनीतिक पात्रमा मात्रै नभई विद्यमान शासन व्यवस्था र संविधानका कमजोरीमा समेत रहेको उहाँको भनाइ थियो।

लिङदेनले संविधानलाई अपरिवर्तनीय ग्रन्थका रूपमा बुझ्न नहुने बताउँदै समयअनुसार देखिएका कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

‘पाँच वर्षपछि फेरि नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आइपुग्दा पनि आम जनतामा राजनीति र नेताप्रतिको वितृष्णामा अपेक्षित सुधार आएको छैन। देश झन् जटिल राजनीतिक अवस्थातर्फ गइरहेको छ,’ उहाँले भन्नुभयो, ‘पात्र फेरिए, तर प्रवृत्ति अझै उस्तै छ। त्यसैले समस्या व्यक्तिमा मात्र होइन, व्यवस्था र संविधानका कमजोरीमा पनि छन्।’

उहाँले देश बिग्रँदा कुनै एउटा दल मात्रै प्रभावित नहुने भन्दै निषेधको राजनीति त्यागेर संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो।

‘संविधान कुनै अपरिवर्तनीय ग्रन्थ होइन। समयअनुसार देखिएका कमजोरी सुधार्दै जानुपर्छ,’ लिङदेनले भन्नुभयो, ‘अब कसैले नहार्ने र सिङ्गो देशले जित्ने राष्ट्रिय सहमति आवश्यक छ।’

अध्यक्ष लिङदेनले राजतन्त्रवादीदेखि नयाँ पुस्तासम्म सबै राजनीतिक धारलाई एउटै टेबुलमा राखेर राष्ट्रिय समझदारी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था, २०६२/६३ को समावेशी लोकतान्त्रिक परिवर्तन तथा पछिल्लो पुस्ताले उठाएका आकांक्षालाई संरक्षण गर्दै नयाँ समझदारीका साथ देशलाई अघि बढाउनुपर्ने बताउनुभयो।