१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने

कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि कांग्रेसले गरेको योगदानको सम्मान गर्दै त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताएका हुन्।

उनले कांग्रेसको इतिहास गौरव गर्ने विषय मात्रै नभई आगामी राजनीतिक यात्राका लागि सिकाइको स्रोतसमेत हुनुपर्ने बताए। कांग्रेसका उपलब्धिसँगै विगतका कमजोरीबाट पनि पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘नेपाली कांग्रेसको शक्ति इतिहास हो, कमजोर पनि इतिहास हो। कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ,’ उनले भने।

लामिछानेले आफू सत्तापक्षमा भए पनि कांग्रेसको महाधिवेशनको मञ्चमा एक्लो प्रतिपक्षीजस्तो देखिएको भन्दै व्यंग्यसमेत गरे। ‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ उनले भने।

उनले कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र अवसर दिएको भए आफू पनि कांग्रेसमै हुन सक्ने संकेत गरे। राजनीतिक दलहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

लामिछानेले राजनीतिक दलहरू भाषण, नारा र घोषणापत्रमा मात्र सीमित हुन नहुने बताए। जनताले अब राजनीतिक दलका प्रतिबद्धताभन्दा काम र परिणाम हेर्न थालेको उल्लेख गर्दै उनले काम गर्न नसके निर्वाचनमार्फत जनताले निर्णय गर्ने बताए।

राष्ट्रिय हितका विषयमा भने राजनीतिक दलबीचको विभाजन गौण हुनुपर्ने उनले बताए। ‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन,’ उनले भने।

वर्तमान सरकार कमजोर भएको चर्चा हुने गरेको उल्लेख गर्दै लामिछानेले सरकार नढल्ने दाबी गरे। सरकार परिवर्तनको अधिकार राजनीतिक दलभन्दा जनतासँग रहेको उनको भनाइ थियो। ‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्,’ उनले भने।

लोकतन्त्रको ठेक्का कुनै एक दलले लिन नहुने भन्दै उनले लोकतन्त्र संकटमा परे त्यसको रक्षा जनताले गर्ने बताए। आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उनले स्पष्ट पारे।

‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्। हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ,’ लामिछानेले भने।

आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले अस्वीकार गर्ने कुरा स्वीकार गर्न तयार रहेको पनि उनले बताए। लोकतान्त्रिक व्यवस्थाको रक्षा र त्यसका मूल्य–मान्यताको संरक्षणमा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी रहेको उनको भनाइ थियो।