१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय राहत पाउनबाट बञ्चित



अ+ अ-

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा वडा र गाउँपालिका अध्यक्षको बिवादका कारण स्थानीय राहत पाउनबाट बञ्चित भएका छन् । राहत वितरणका लागि गाउँपालिकाले निर्धारण गरेको मापदण्डमा ३ नम्बर वडा कार्यालयले असन्तुष्टि जनाएपछि स्थानीयले राहत पाउनबाट बञ्चित भएका हुन् ।

कोरोना भाइरस नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका न्यून आय भएका व्यक्तिहरुका लागि गाउँपालिकाले गरेको निर्णयमा वडा कार्यालयको असहमति रहेको वडा नं ३ का अध्यक्ष अनिलकुमार भगतले बताउनुभयो । गाउँपालिकाले पुरानो जनजणनाको हिसाबले वडा कार्यालय क्षेत्रभित्र रहेका घरधुरीको ५० प्रतिशत घरधुरीलाई राहत वितरण गर्ने निर्णय गरेकामा त्यो आफूहरुलाई मान्य नभएको वडा नं ३ का वडाध्यक्ष भगतले बताउनुभयो ।

वडा कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार आफ्नो वडा कार्यालय क्षेत्रभित्र ७२१ न्यून आय भएको घरधुरी राहत पाउने योग्य भएकामा अहिले ४२३ जना मात्र राहत पाउने भएकाले आफूले गाउँपालिकाले गरेको निर्णयमा असन्तुष्टि व्यक्त गरेको उहाँले बताउनुभयो ।

यता गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले राहत दिनका लागि वडा कार्यालयलाई तयार रहेको बताउनुभयो । गाउँपालिकाले गरेको निर्णयअनुसार अहिले आएर राहत लानका लागि आग्रह गर्नुहुँदै बाँकी रहेका व्यक्तिलाई पुनःबिचार गरेर राहत दिने उहाँले बताउनुभयो । लकडाउनका बेला अहिले जनतालाई राहत पु¥याउनुको सट्टा विवाद गर्नु न्यायसङ्गत नभएको गाउँपालिकाका अध्यक्ष मेहताले बताउनुभयो ।