१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

लक डाउनको मारमा गरिब र मजदुर

लक डाउनको मारमा गरिब र मजदुर
अ अ+ अ-

सुर्खेत । नेपाल बन्दाबन्दी घोषणा भएको आज एक महिना पुगेको छ । यो समयमा स्वदेश तथा विदेशमा धेरै नेपालीले सास्ती भोग्नुपरेको छ । ज्याला मजदुरीका लागि भारत गएका नेपाली त्यहाँबाट फर्कँदा बन्दाबन्दीमा परे । दर्जनौँ नेपाली मजदुर घर पुग्ने आसले दुई साता हिँडेर नेपाल पुगे तर उनीहरु अहिलेसम्म घर पुग्न पाएका छैनन् ।

दुईरतीन दिन उनीहरु नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परे । पानी र खाना पाउनु त कहाँ हो कहाँ रु भारतीय र नेपाली सुरक्षाकर्मीको गालीसहित लठ्ठी र बुट खानुपरेको तीतो अनुभव सिञ्जा गाउँपालिका–५ जुम्लाका जनक शाहीले व्यक्त गर्नुभयो । सरकार र मिडियालाई गुहारेपश्चात उनीहरु अहिले नेपाल भारतको सीमा जमुनाहनाकाको दशगजा क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ को रोग लाग्ने डरभन्दा भोकले मरिने चिन्तामा गरिब, विपन्न तथा मजदुर वर्ग छन् । यसको मारमा सबैभन्दा उनीहरु नै छन् । यद्यपि उनीहरुको नाममा भने सङ्घ, प्रदेश तथा स्थानीय सरकारहरुले राहत सङ्कलन गरिरहेका छन् । अन्य सरोकारवालाले पनि तिनै मजदुर गरिब वर्गका लागि भनेर राहत वितरण गरेको पाइन्छ । तथापि उनीहरुले राहत प्राप्त गरेको देखिँदैन ।

दैलेखका चेतन सापकोटा चैत ११ गते भारतको हिमाञ्चल प्रदेशबाट नेपाल आउने भनेर रुपडिया जमुनाह सीमामा आइपुगे । तीन दिनसम्म नेपाल प्रवेश गर्न नपाएपछि केही सीप नलागेर उहाँसहित पाँच जनाको टोली त्यहीबाट फेरि भारतीय भूमि हिमाञ्चलको मनाली पुगे । एकातिर नेपाल प्रवेश गर्न गाह्रो र अर्कोतिर सीमा क्षेत्रमा रहेका दुवै देशको प्रहरीले बढी दुःख दिन थालेपछि बाध्य भएर भारत फर्कनुपरेको उहाँले दुखेसो गर्नुभयो ।

स्वदेशमै कामका लागि फागुनमा सुर्खेत झरेका तिला गाउँपालिका जुम्लाका प्रदीप सुनारलगायत छ जना दुई महिनादेखि बन्दमै हुनुहुन्छ । काम नहुँदा खानाका लागि हातमुख जोर्न धौधौ हुन थालेको उहाँले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “सरकार जो जहाँ छ त्यहाँ बस भन्छ । भोकै भए राहत दिन्छौँ भनेको पनि सुनेकै छौँ तर अहिलेसम्म न हामीले राहत पाएका छौँ न घर जान नै । खै हामीलाई कसले कहाँ कसरी राहत दिन्छन् रु त्यो पनि थाहा छैन ।”

तिला गाउँपालिका जुम्लाका चन्द्रबहादुर बुढाको समस्या पनि त्यस्तै छ । उहाँ भन्नुहुन्छ, “जति गुहार माग्दा पनि कोही कसैले न घर जानका लागि उद्धार गर्छन् न त केही खानेकुरा दिन्छन् । खान नपाएर हामी तनावमा छौँ । हामी नहुँदा घरका परिवार चिन्तामा छन् । शक्ति र पहुँच भएका मान्छे गाडी चढेकै देख्छु । न हामीलाई प्रशासन देख्छ, न त सरकारले हाम्रा दुःख हेर्छ । जतिखेर पनि जहाँ छौँ त्यही मात्र बस भन्छ ।”

हुम्लाबासी कर्ण बोहोराले गरिब र पहुँच नभएका मान्छेमाथि मात्र यो देशले कानून लगाउने गरेको दोषारोपण गर्नुभयो । “बाठाटाँठा र शक्ति भएका मान्छे कोही हवाईजहाजमा त कोही गाडीमा गइसके । हामीलाई ई–पास हुनुपर्छ भन्छन् । के हो ई–पास रु हामीलाई थाहा नै छैन । मोबाइल चलाउन नुजान्ने मान्छेकन ९नजान्ने मान्छेलाई० अनलाइनबाट ई–पासका लागि फारम भर्ने भन्छन्”, उहाँले गुनासो पोख्नुभयो ।

बन्दाबन्दीको मारमा समाजमा रहेको अपाङ्गता वर्ग पनि त्यत्तिकै परेको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका पूर्व केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन अद्यावधिक र पहिचान राम्रोसँग नहुँदा शहरमै पनि उनीहरुले बेबारिसे जीवन जीउनुपरेको बताउनुभयो । यो कोरोनाको महामारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर राहत तथा उद्धार गर्नुपर्ने केन्द्रीय सदस्य शाहीको भनाइ छ ।