२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन कार्यालयबाट नियमित सेवा प्रारम्भ



अ+ अ-

सुदूरपश्चिम। गत मङ्गलबारको प्रदर्शनका क्रममा भएको आगजनीबाट ध्वस्त बनेपछि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा आजदेखि आंशिक रूपमा सुरु भएको छ ।

भवनको एक कोठा सरसफाइ गरेर आज सेवा लिन आएका एक व्यक्तिलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराएर सेवा सुरु गरिएको कार्यालयका प्रवक्ता शिवराज जोशीले जानकारी दिनुभयो । अन्य नियमित सेवा पनि क्रमशः सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

आगजनीबाट जिन्सी समान र अन्य महत्त्वपूर्ण कागजात जलेर नष्ट भएपछि जिल्ला प्रशासन कार्यालयलाई धनगढीको स्थानीय एरिष्टो इङ्गलिस स्कुल र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)ले कम्प्युटर, प्रिन्टर, कुर्सीलगायत सामग्री सहयोग गरेका छन् ।

प्रदर्शनका क्रममा कार्यालयबाट चोरी भएकामध्ये कतिपय जिन्सी समान प्रहरीले चोरी गरी लुकाई राखिएको अवस्थामा बरामद गरी आज कार्यालयमा बुझाएको छ ।

यसैगरी कैलाली भन्सार कार्यालयले पनि आजदेखि सेवा सुरु गरेको छ । कार्यालय परिसरमै रहेको गाडी पार्किङ गरिने भवनबाट सेवा सञ्चालन गरिएको छ । प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयमा भने सेवा सञ्चालन गर्न अझै समय लाग्ने जनाइएको छ । मन्त्रालयका कोठा र परिसरमा अझै पनि सरसफाइ भएको छैन । केही युवाले कतिपय कार्यालयमा सरसफाइ गरेका छन् ।

एकसय ३७ भौतिक संरचनामा क्षति 

प्रदर्शनका क्रममा कैलालीका सरकारी र निजी गरी एक सय ३७ कार्यालय तथा निजी घरमा क्षति भएको छ ।  आगजनी तथा तोडफोडले अधिकांश संरचनामा पूर्ण क्षति पुगेको छ ।

एक सय तीन सरकारी कार्यालय, १२ निजी घर, पाँच प्रहरी बिट, राजनीतिक दलका १७ वटा कार्यालयमा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा एक सय १४ चारपाङ्ग्रे सवारीसाधन, ५४१ मोटरसाइकल, तीन साइकल र छ वटा तीन पाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन् । विभिन्न कार्यालय परिसरमा राखिएको अवस्थामा सवारीसाधनमा आगजनी गरिएको थियो । प्रहरी उपरीक्षक चन्दले विस्तृत अध्ययनको काम बाँकी रहेको बताउनुभयो ।

प्रदर्शनका क्रममा कैलालीको धनगढी, अत्तरिया, लम्कीचुहा, गौरीगङ्गा, टीकापुर, सुख्खडलगायत ठाउँका सरकारी कार्यालय, निजी घरमा तोडफोड र आगजनी भएको थियो । रासस