२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन कार्यालयबाट नियमित सेवा प्रारम्भ



अ+ अ-

सुदूरपश्चिम। गत मङ्गलबारको प्रदर्शनका क्रममा भएको आगजनीबाट ध्वस्त बनेपछि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा आजदेखि आंशिक रूपमा सुरु भएको छ ।

भवनको एक कोठा सरसफाइ गरेर आज सेवा लिन आएका एक व्यक्तिलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराएर सेवा सुरु गरिएको कार्यालयका प्रवक्ता शिवराज जोशीले जानकारी दिनुभयो । अन्य नियमित सेवा पनि क्रमशः सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

आगजनीबाट जिन्सी समान र अन्य महत्त्वपूर्ण कागजात जलेर नष्ट भएपछि जिल्ला प्रशासन कार्यालयलाई धनगढीको स्थानीय एरिष्टो इङ्गलिस स्कुल र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)ले कम्प्युटर, प्रिन्टर, कुर्सीलगायत सामग्री सहयोग गरेका छन् ।

प्रदर्शनका क्रममा कार्यालयबाट चोरी भएकामध्ये कतिपय जिन्सी समान प्रहरीले चोरी गरी लुकाई राखिएको अवस्थामा बरामद गरी आज कार्यालयमा बुझाएको छ ।

यसैगरी कैलाली भन्सार कार्यालयले पनि आजदेखि सेवा सुरु गरेको छ । कार्यालय परिसरमै रहेको गाडी पार्किङ गरिने भवनबाट सेवा सञ्चालन गरिएको छ । प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयमा भने सेवा सञ्चालन गर्न अझै समय लाग्ने जनाइएको छ । मन्त्रालयका कोठा र परिसरमा अझै पनि सरसफाइ भएको छैन । केही युवाले कतिपय कार्यालयमा सरसफाइ गरेका छन् ।

एकसय ३७ भौतिक संरचनामा क्षति 

प्रदर्शनका क्रममा कैलालीका सरकारी र निजी गरी एक सय ३७ कार्यालय तथा निजी घरमा क्षति भएको छ ।  आगजनी तथा तोडफोडले अधिकांश संरचनामा पूर्ण क्षति पुगेको छ ।

एक सय तीन सरकारी कार्यालय, १२ निजी घर, पाँच प्रहरी बिट, राजनीतिक दलका १७ वटा कार्यालयमा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा एक सय १४ चारपाङ्ग्रे सवारीसाधन, ५४१ मोटरसाइकल, तीन साइकल र छ वटा तीन पाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन् । विभिन्न कार्यालय परिसरमा राखिएको अवस्थामा सवारीसाधनमा आगजनी गरिएको थियो । प्रहरी उपरीक्षक चन्दले विस्तृत अध्ययनको काम बाँकी रहेको बताउनुभयो ।

प्रदर्शनका क्रममा कैलालीको धनगढी, अत्तरिया, लम्कीचुहा, गौरीगङ्गा, टीकापुर, सुख्खडलगायत ठाउँका सरकारी कार्यालय, निजी घरमा तोडफोड र आगजनी भएको थियो । रासस