१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर एक लाख ८४ हजारको मृत्यु, २६ लाख बढी संक्रमित



अ+ अ-

काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बिहीबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी ४७ हजार ६८१ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ११ हजार २७८ जना पुगेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ८५ जना, स्पेनमा २१ हजार ७१७ जना, फ्रान्समा २१ हजार ३४०, बेलायतमा १८ हजार १०० जना, बेल्जियममा ६ हजार २६२ जना, जर्मनीमा ५ हजार ३१५ जना, नेदरल्यान्ड्समा ४ हजार ५४ जना, स्वीडेनमा १ हजार ९३७ जना, स्वीट्जरल्यान्डमा १ हजार ५०९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ३९१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा २ हजार ९३२ जना, मेक्सिकोमा ९७० जना, भारतमा ६८१, इन्डोनेसियामा ६३५ जना, रसियामा ५५५ जना, इक्वेडरमा ५३७ जनाको मृत्यु भएको छ ।