२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी’ आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीयः मुख्यमन्त्री कँडेल



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताए।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनलाई उद्देश्यभन्दा फरक ढङ्गले प्रयोग गर्नु निन्दनीय भएको र तोडफोड र आगजनीको जिम्मेवार को हुने भन्ने विषयले थप अन्यौलता सिर्जना गरेको बताए ।

मुख्यमन्त्री कँडेलले गणतन्त्र ल्याउने अभियानमा सहभागी युवाहरूलाई समेत भड्काएर घटना गराइएको जिकिर गरेका छन्। उनले सङ्घीय राजधानीमा अप्रिय घटनाहरू घटेको र त्यसको प्रभाव कर्णालीमा पनि देखिएको बताए।

“यस घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेशसभामा भएको छ । यस्तो अवस्थामा अब कसरी काम गर्ने भनेर प्रदेश सचिव र मन्त्रीहरूसँग छलफल भएको छ”, मुख्यमन्त्री कँडेलले भने ।

उनले आज क्षतिग्रस्त सरकारी कार्यालयको अनुगमनसमेत गर्नुभएको थियो । रासस