१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

यसरी सम्झिए डा.महतले लोकतन्त्र दिवसलाई

यसरी सम्झिए डा.महतले लोकतन्त्र दिवसलाई
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वैशाख ११ गते आज लोकतन्त्र दिवसलाई नेपाली नागरिकले गरेको बलीदानीपूर्ण संघर्षको दिनका रुपमा स्मरण गरेका छन् । उनले भनेका छन्- आज बैशाख ११ गते लोकतन्त्र दिबस आजकै दिन विसं २०६२/६३ को जनआन्दोलन सफल भएको दिन हो जसका लागि नेपाली काँग्रेसको अगुवाईमा नेपाली जनताले ठूलो बलिदान गरेका थिए ।

जनआन्दोलन र संविधान सभाको दुई पटकको निर्वाचन पछि संविधानको निर्माण भएको स्मरण गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्- यो काम सम्पन्न गर्न नेपाली कांग्रेस पार्टीको अहम् भुमिका थियो । नेपाली कांग्रेसको अगुवाइमा संविधानसभाले बनाएको संविधान अन्तर्गत नेपाली कांग्रेसकै नेतृत्वमा भएको निर्वाचनबाट आज कम्युनिष्ट सरकार सत्तामा छ ।

यत्रो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन व्यवस्थाका माध्यमबाट संविधान सभाको निर्वाचन भयो र सोही बमोजिम संविधान जारी गर्ने तथा तत्पश्चात आमनिर्वाचन सम्पन्न गर्ने काम पनि काँग्रेसकै पहलमा भयो भन्दै डा.महतले भनेका छन्- तर पनि यसरी आमनिर्वाचनपछि सत्तामा पुगेको कम्युनिष्ट सरकारले काँग्रेसले केही गरेको छैनजस्तो गरेर विपक्षी दललाई उपेक्षा गर्नेमात्र नभएर समग्र लोकतान्त्रिक मुल्य र मान्यताहरुलाई नै कम्जोर गर्ने काममा निरन्तर लागिरहेको छ ।


देश यतिबेला महामारीको त्रासका कारण लकडाउनको अबस्थामा रहेको बेला सरकारले भने प्रजातन्त्रमा विपक्षीको भूमिकालाई गौण गर्ने तथा आपूm मुलुकको प्रधानमन्त्रीजस्तो अभिभावकका रुपमा रहनुपर्नेमा अरु विपक्षी पार्टी फुटाउनका लागि भन्दै सार्वजनिक रुपमै स्वीकार गर्दै दुई वटा अत्यन्तै अलोकतान्त्रिक विधेयक ल्याउनुले ओली सरकारको अलोकतान्त्रिक अनुहार झन छर्लंग भएको बताएका छन् ।


साथै डा.महतले आजको दिन लोकतान्त्रिक मुल्य र मान्यता र संविधान प्रदत्त अधिकारको सुरक्षाका लागि सचेत रहन देश बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी दाजु भाइहरुमा शुभकामना व्यक्त गरेर स्मरण गरेका छन् ।