१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

लकडाउनमा बढ्यो काठ तस्करी

लकडाउनमा बढ्यो काठ तस्करी
अ अ+ अ-

धनुषा । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी धनुषामा काठ तस्करीको क्रम बढेको छ ।

जिल्लाका उत्तर–पश्चिममा अवस्थित मिथिला नगरपालिका—११ को तल्लो तुलसी ढाडखोलामा पर्ने सुन्दर सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका वेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

काठ तस्करीमा अधिकांश स्थानीयवासीकै सङ्लग्नता रहेको बताइएको छ । उनीहरुले वन कर्मचारी र प्रशासनको मिलोमतोमा काँचो साल र खयर लगायत वहुमूल्य रुख काटेर बिक्री गर्ने गरेका छन् । अवैध रुपमा कटान गरिएका त्यस्ता काठहरु महोत्तरीको बर्दिवास, विजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी र जमुनिबासदेखि दक्षिणमा सञ्चालित फर्निचर उद्योगमा बिक्री वितरण गर्ने गरेको बताइएको छ ।

यसअघि पनि मिथिला नगरपालिका ७ स्थित औरही खोला र बसि खोलाको सिरानबाट व्यापक काठ तस्करी भएपछि स्थानीय प्रहरी प्रशासनले सक्रियता बढाएपछि तस्करी रोकिदै गएको थियो ।

“लकडाउनका बेला काठ तस्करी गरेर कमाउने दाउमा रहेका कर्मचारीको पहिचान गरेर निलम्बन गर्ने काम थालिएको छ”, प्रदेश नं। २ उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले भन्नुभयोे, “तस्करी बढेको गुनासो आएपछि वन क्षेत्रमा सुरक्षाकर्मी र वनकर्मीको परिचालन बढाइएको छ । डीएफओहरूलाई पनि फिल्डमै खटाइएको छ ।”

लकडाउनको मौका छोपी महोत्तरीमा पनि वन फडानी तीब्र रुपमा भइरहेको छ । सालका ठूल ठूला रूख र सालका लाथ्राहरू कटान भएका छन् । बर्दिवास नगरपालिका—३ स्थित पानीखोल्सी रातमाटा सामुदायिक वनमा अहिले काठ तस्करी गर्ने क्रम बढेको छ । दुई सय २२ हेक्टरमा फैलिएको वनक्षेत्रमा लकडाउनमा घाँस दाउरा गर्ने वहानामा वनमा पस्नेको सङ्ख्या ह्वातै बढेको स्थानीयवासी बताउँछन् । पानीखोल्सी वन क्षेत्रमा हेटौंडा ढल्केवर विद्युत् प्रसारण लाइनमा परेर २ वर्षअघि कटान गरिएका रूखका काठ पनि अहिले धमाधम चोरी तस्करी भइरहेको छ ।

सो वन क्षेत्रमा मात्रै प्रसारण लाइनमा पर्ने एक हजार २३४ रूख कटान भएका थिए । कटान भएका रूखका काठ घाटगद्दीबाटै अहिले चोरी भइरहेको भए पनि वनले त्यसको संरक्षणमा चासो देखाएको छैन । उक्त फडानी भएको क्षेत्रमा ८ हजार क्युफिट काठ सामुदायिक वनभित्रै घाटगद्दी गरिएको थियो । पानीखोल्सी सामुदायिक वनका अध्यक्ष माधव पोखरेलले वनमा कुनै किसिमको फडानी र चोरी निकासी नभएको दाबी गर्नुभयो ।

अन्य वनको तुलनामा सामुदायिक वनमा अहिले चोरी निकासी बढेको वन कार्यालय महोत्तरीले जनाएको छ । घाँस दाउराको बहानामा जङ्गल पस्ने र सालका लाथ्राहरू कटान गर्ने गरेको पाइएको गस्तीमा खटिएका रेन्जर सन्तोष यादवले बताउनुभयो । “हामी रातको समयमा पनि गस्ती गरिरहेकै छौँ”, उहाँले भन्नुभयोे, “वन फडानी र चोरीनिकासी गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं ।”

तुलसी र पाटु क्षेत्रमा वन कर्मचारी र प्रहरी प्रशासनले बेला–बेला काठ तस्करलाई नियन्त्रणका लिने प्रयास नगरेको होइनन् तर पर्याप्त निगरानी नहुँदा नियन्त्रण भएको छैन । चुरे क्षेत्रको संरक्षण र प्रवद्र्धनको जिम्मेवारी लिएका राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले पनि यस विषयमा खासै चासो राखेको देखिएको छैन् ।