१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

सरस्वती क्लवद्वारा इन्सपेक्टर वाइवालाई सम्मानसहित विदाई

सरस्वती क्लवद्वारा इन्सपेक्टर वाइवालाई सम्मानसहित विदाई
अ अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको इन्चार्जबाट अन्यत्र सरुवा भई जान लागेकी प्रहरी निरीक्षक शुभद्रा वाइवालाई विहीबार सरस्वती क्लव कोटेश्वरले सम्मानसहित विदाई गरेको छ ।

क्लवका अध्यक्ष एवम् अखिल नेपाल फूटवल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुली तथा क्लवका उपाध्यक्ष एवम् एन्फाको सामाजिक उत्तरदायित्व समितिका अध्यक्ष उत्तम भण्डारीले प्रहरी निरीक्षक वाइवालाई क्लवको तर्फबाट संयुक्तरुपमा दोसल्ला ओढाएर सम्मान गरे ।

सोही अवसरमा सेतीओपी युवा क्लवका अध्यक्ष रवि रिमाल, स्थानीय वरिष्ठ पत्रकार बलराम प्यासी, कोटेश्वर महादेवस्थान व्यवस्थापन समितिका अध्यक्ष वैजुहरि भट्टराई, कोटेश्वर समाज सुधार क्लवका अध्यक्ष सुवाश रिमाल, लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ए२ का जोन चेयरसपर्सन इन्द्र बहादुर कार्की, स्थानीय युवा समाजसेवी मधुकर केसी र सुनिल केसी एव एवंम सहयोगी नगर युवा क्लवका अध्यक्ष गोपाल तण्डुकार लगायतले निरीक्षक वाइवालाई खादा ओढाएर सम्मान गरे ।

सम्मान तथा विदाई कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष पराजुली, एन्फाका सामाजिक उत्तरदायित्व समितिका अध्यक्ष भण्डारी, लायन्स क्लवका कार्की, सेतीओपी युवा क्लवका अध्यक्ष रिमाल तथा कोटेश्वर महादेवस्थान व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले प्रहरी निरीक्षक वाइवाले आफ्नो कार्यकालमा कोटेश्वर क्षेत्रका स्थानीय क्लव तथा सामाजिक संघ संस्थासंग मिलेर गरेको कार्य प्रशंसनिय भएको चर्चा गरे भने विदाई हुन लागेकी प्रहरी निरीक्षक वाइवाले छोटो समय कोटेश्वर प्रभागको इन्चार्जको रुपमा काम गर्न पाएतापनि आफ्नो कार्यकाल सन्तोषजनक भएको भन्दै सहयोगीहरु सबैप्रति धन्यवाद व्यक्त गरीन् ।

गत भदौ ३० गतेदेखि महानगरीय प्रहरी प्रभाग कोटेश्वरको इन्चार्ज भएर आएकी प्रहरी निरीक्षक वाइवाको यही बैशाख ९ गते सरुवा भएको थियो ।