२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीकी ५० वर्षीया महिलाले पनि जितिन कोरोना



अ+ अ-

काठमाडौं । सुदूरपश्चिमकी एक महिला कोरोनालाई जितेर घर फर्किएकी छन्। बिहीबार कैलालीको लम्कीचुहा नगरपालिका– १ की ५० वर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा १२ दिन बसेकी महिलालाई चैत २२ गते कोरोना पुष्टि भएको थियो। लगातार दुई पटकको कोरोना परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्।