२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसेपाटी बैठकको निष्कर्ष : अध्यादेश फिर्ता लिनुपर्छ



अ+ अ-

काठमाडौं । सरकारमा नरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ६ नेताहरुको भेलाले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका छन् । बिहीबार भैंसेपाटीमा भेला भएका नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीले जारि गरेको
अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका हुन् ।

भैंसेपाटीमा सरकारमा नरहेका सचिवालयका ६ नेताहरु अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठबीच अनौपचारिक छलफल भएको थियो । नेताहरुकाअनुसार सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्नेछ । त्यसपछि नेताहरुको मागअनुसार स्थायी कमिटी बस्ने सम्भावना छ ।

बुधबार मात्र स्थायी कमिटीका २० सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।