१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

कोरोना भाइरस: पुनर्निर्माण अन्तिम चरणमा प्रभावित

कोरोना भाइरस: पुनर्निर्माण अन्तिम चरणमा प्रभावित
अ अ+ अ-

काठमाडौँ । गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरण स्थापना भएको साढे चार वर्षमा अनेक कठिनाइ आए पनि काम अगाडि बढेको तर यता एक महिनादेखि भने काममा पूर्ण असर परेको स्पष्ट पारेका छन् । उनले यतिबेला कोरोना महामारीले देशमा एक महिनादेखि जारी बन्दाबन्दीले काममा असर परेको छ भने। पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट तीन खर्ब नौ अर्ब रुपियाँ र गैरसरकारी संस्था मार्फत ७२ अर्ब रुपियाँ गरी तीन खर्ब ८१ अर्ब रुपियाँ खर्च भएको छ ।

प्राधिकरणका अनुसार यो अवधिमा चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीका निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । थप एक लाख ९० हजार १४५ अर्थात् २६ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत काम भएको प्राधिकरणको दाबी छ । वि.सं. २०७२ वैशाख १२ गते भूकम्प गएको पाँच वर्ष पूरा हुनुअघि प्राधिकरणले कार्यप्रगति सार्वजनिक गरेको हो । अन्तिम किस्ता भुक्तानी गर्न प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या पाँच लाख ६१ हजार ६५० अर्थात् ७२ प्रतिशत पुगेको जनाइएको छ । निजी आवास पुनर्निर्माणका क्रममा करिब पाँच लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेका लागि पुनरावेदन समिति मार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारिएको छ ।

प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ अर्थात् ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । एक हजार ४९२ अर्थात् २० प्रतिशत विद्यालय पुनर्निर्माणका क्रममा छन् । यस्तै ३२ जिल्लाका ९२० वटा सम्पदामध्ये ४०२ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडौँ उपत्यका भित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १७० वटा सम्पदामध्ये १०१ वटा अर्थात् ५९ प्रतिशत सम्पन्न भएका छन् भने बाँकी ५४ वटा अर्थात् ३२ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । कुल एक हजार १९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ भने १४५ वटा पुनर्निर्माणको चरणमा छन् ।

सम्पन्न भएका र पुनर्निर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको छ । यस्तै कुल ४१५ सरकारी भवनमध्ये ३४९ वटा अर्थात् ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ४९ वटा पुनर्निर्माणको चरणमा छन् । तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्राधिकरणले जनाएको छ । पुनर्निर्माण अन्तर्गत सुरक्षा निकायका १९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुनर्निर्माणको चरणमा छन् । प्राधिकरणका अनुसार ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ भने नौ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । प्राधिकरणको कार्यावधि पाँच वर्ष तोकिएको छ । त्यो अवधि आगामी पुसमा पूरा हुँदैछ । आवश्यक परे एक वर्ष अवधि थप गर्न सकिने व्यवस्था रहेको छ । गोरखापत्र दैनिक