२७ असार २०८३, शनिबार
,
Latest
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा टाइफुन ‘बाभी’को कहर : चीनमा नौ लाखभन्दा बढी विस्थापित इरानलाई ट्रम्पको चेतावनीः मेरो हत्या प्रयास भए इरान ध्वस्त बनाइदिन्छु नेपाल पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगिता २०२६ को कोशी प्रदेशबाट मिना कुमारी राउत बनिन् विजेता सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपिए सांसदहरु भन्छन्, ‘पोषणमैत्री कानून, पर्याप्त बजेट र जनचेतनाविना कुपोषण अन्त्य गर्न सम्भव छैन’ पुराणमा सिमित मोक्षमार्ग अब वागमती सरकारले ब्युँताउँदै विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन ‘नेपालमा आत्मदाहको श्रृङ्खलाः व्यक्तिगत दुःखान्त कि प्रणालीगत सङ्कट ?’ पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा रु छ करोड ५० लाख बराबरको रकम लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ । रासस