१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

दल दर्तामा कानुनी अड्चन

दल दर्तामा कानुनी अड्चन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच नाटकिय रुपमा रातारात एकता भएपनि कानुनी मान्यता पाउन केही समय कुनुपर्ने भएको छ । सरकारले ल्याएको राजनीतिक दलसम्वन्धि अध्यादेशपछि दुई दलले एकता गर्ने सहमतिको निर्णय भने निर्वाचन आयोगमा गरेका छन् । त्यसको जानकारी सभामुखलाई पनि गराएका छन् । दुई दल मिलेर नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा विहिवार विहान दर्ता गराएका हुन् । एकीकृत पार्टीका केही शिर्ष नेताहरुले निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् । योसँगै जनता सामाजवादीको दल दर्ताको प्रक्रिया शुरु भएको छ । आयोगमा जनता समाजवादी पार्टीको सहमतिपत्रको दर्ता नं १३८८ रहेको छ ।

राजनीतिक दलसम्बन्धी नियमावलीमा दुई पार्टी एक हुँदा विभिन्न कागजात बुझाउनुपर्ने प्रावधान रहेको छ । दलको विधान, नियमावली तथा घोषणापत्र, दलको झण्डा तथा चिन्ह (लोगो) को नमूना, साविकको दलका केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन समर्थन गरी हस्ताक्षर गरेको समर्थनपत्र र कम्तीमा एक्काइस सदस्य भएको केन्द्रीय समितिको व्यवस्था र आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात बुझाउनु पर्छ । तर, हतारमा गरिएको एकतामा यसमध्ये अधिकाशं कागजपत्र छैनन् । जसले गर्दा निर्वाचन आयोगले तत्कालै कानुनी मान्यता दिएको छैन ।

यद्यपी निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच भएको दल एकीकरणको सहमतिबारे आफूलाई जानकारी प्राप्त भएको बताएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अबको ४५ दिनभित्र ति दलले कागजपत्र बुझाउनुपर्ने बताए । ‘नयाँ पार्टी दर्ता प्रक्रिया अगाडि बढाउनका लागि अब ४५ दिनभित्र उहाँहरूले आवश्यक कागजपत्र आयोगमा पेस गर्नुपर्ने हुन्छ’, प्रवक्ता श्रेष्ठले बताए ।आयोगमा पार्टी एकीकरणको सहमतिपत्र दर्तापछि संघीय संसद् सचिवालयमा पनि दुई दलले दर्ता गरेका छन् । आयोगले वैधानिक दर्ताका लागि दुवै दलको केन्द्रीय समितिको निर्णय र केन्द्रीय सदस्यको हस्ताक्षरसहितको अन्य कानुनी दस्तावेज माग गरेको छ ।

दल दर्ताका लागि दुवै पार्टीको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठकले निर्णय गरी पुनः दुवै पार्टीको संयुक्त बैठकले निर्णय गर्ने नेताहरुले बताएका छन् । एकीकृत पार्टीको पार्टीको विधान, घोषणापत्र, नियमावली र नयाँ पार्टीको संरचनासहित आयोगलाई बुझाएपछि मात्रै पार्टी दर्ता प्रक्रिया अघि बढ्नेछ । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आयोगले माग गरेको कागज लकडाउन पछाडी बुझाउने बताए । ‘राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएको जानकारी हामीले निर्वाचन आयोगलाई गर्यो’, उनले भने, ‘बाँकी विधिवत प्रक्रियाहरु हामी दुईवटा पार्टीहरुले पुरा गरेर लकडाउनपछि सबै दस्तावेज बुझाउछौं ।’

एकीकृत पार्टीको नाम ‘जनता समाजवादी’ प्रस्ताव गरिएको छ । पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति गरिएको छ । चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेमात्र अहिलेसम्म सहमति भएको छ । हतारमा एकता गरिएकाले बाँकी प्रक्रिया कहिले टुंगो लगाउने नेताहरुले बताएका छैनन् । एक नेताका अनुसार उधारो हिसाबमा रातारात एकता गरिएको हो बाँकी कुरा मिल्ने नमिल्ने पछि थाहा हुने बताए । एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत्सिंह भण्डारीले मात्र हस्ताक्षर गरेका थिए ।

समाजवादीका तर्फबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठको हस्ताक्षर छ । राजपा अध्यक्षमण्डलका सदस्यद्वय अनिल झा र राजकिशोर यादव सहमति प्रक्रियामा उपस्थित भएनन् । राजपाका नेताहरुले दुवै जना काठमाडौँ उपत्यका बाहिर रहेकाले उपस्थित नभएको बताएपनि उनिहरु काठमाडौं मै रहेका छन् ।

समाजवादी पार्टीका उपाध्यक्ष एवं सांसद रेणु यादवको नेतृत्वमा सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन ती सांसदले निर्णय गरेकाले एकता गर्नुपरेको समाजवादी पार्टीकै नताहरुको दावी छ । हस्ताक्षर गर्नेमा यादवसहित सांसद महम्मद इश्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ रहेको दावी गरेपनि उनिहरुले फुटको विषयमा कुनै पनि कुरा नभएको बताउदै आएका छन् । समाजवादी पार्टीमा १७ र राजपासँग १७ जना सांसद भएपनि दुवै पार्टीका एक÷एक सांसद निलम्बनमा छन् । सौर्य दैनिक