१० श्रावण २०८३, आईतवार
,
Latest
हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिम सरकार गठनसँगै जनजीवन सामान्य बन्दै



अ+ अ-

काठमाडौँ । अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ ।

काठमाडौं उपत्यकामा अहिले जनजीवन सामान्य बन्दै गएको हो । सुरक्षार्थ खटिएका नेपाली सेनाहरु अहिले सडकमा छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिइरहेको छ भने यातायात व्यवस्थापनको काम पनि गरिरहेको छ ।

आम मानिसहरु कार्यालय, आवश्यक कामका लागि सडकमा निस्किएका छन् । होटल, पसलहरु खुलेका छन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुक्रवार राति सुशीला कार्की नियुक्त भएसँगै अवस्था सामान्य बन्दै गएको छ । संसद विघटन गरी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिएको छ । तर राजनीतिक दलहरुले भने संसद विघटनको विरोध गरिरहेका छन् ।