६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

जितिया पर्वको ‘ओगटन’ आज

जितिया पर्वको ‘ओगटन’ आज
अ+ अ-

महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै छन् । यो पर्व हिन्दू मैथिल परम्पराको हो ।

प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) को अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व भोलि आइतबार हो । व्रतअघिको रात ‘ओगटन’ खाने चलन छ । ‘ओगटन’ मा दही/चिउरा र मिष्टान्न परिकारसहितका सात्विक भोजन गरिन्छ ।

पर्वमा चोखा नयाँ वस्त्र परिधान लगाइने हुँदा र ‘ओगटन’ का सामग्री जुटाउन मिथिलानीको व्यस्तता छ । एक अहोरात्रको जितिया व्रत भोलिपल्ट नवमी तिथि एक घडी कटाएर समापन गरिने चलन रहेको व्रतको तयारीमा रहनुभएकी भङ्गाहा–५ राजपुरकी हरिप्रिया कुशवाहा बताउनुहुन्छ ।

मिथिलामा विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थव्रतको टुङ्गो गरिने परम्परा छ । यसअनुसार यसपालिको जितिया समापन पर्सि सोमबार बिहान ७:०० बजे हुने हिन्दू परम्पराको मैथिल कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।

जितिया व्रत सन्तानको सुख, समृद्धि र सौर्यवृद्धिको कामनासहित आमाहरूले गर्ने पर्व हो । मिथिला क्षेत्रका सबै जातजाति समुदायमा यो पर्व परम्परा भए पनि थारुहरू यसलाई विशेष महत्वका साथ मनाउँछन् । पितृपक्षको यो पर्वमा बर्तालु महिलाले एक दिनअघिअर्थात् सप्तमी तिथिका दिन एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गर्छन् ।

यसैक्रममा बर्तालुुले दिवङ्गत सासू, जेठानी/देउरानी, बूढीसासू, नन्द–आमाजू, माइतीपक्षका तीन पुस्ताभित्रका आमा, बज्यै, दिव र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिन्छन् । यी पितृहरूसँग ‘तिमी आफ्ना पौत्रपौत्री ९नातिनातिना०, प्रपौत्रप्रपौत्री ९पनातिपनातिनी० र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।

यो पर्वमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरूप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा द्वापर युगदेखि यो कठोर व्रत बस्ने परम्परा चलेको मैथिल जनविश्वास छ । जितवाहसँग जोडिएका यस्ता धेरै किम्वदन्ती छन् । हिन्दू वैदिक ग्रन्थमध्येको भविष्य पुराणमा यसको वर्णन पाइने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । यो पर्वको अवसरमा व्रतका दिन महिलाहरूलाई मधेस प्रदेश सरकारले बिदा दिँदै आएको छ । रासस