२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण बेलायतमा थप तीन नेपालीको मृत्यु



अ+ अ-

लण्डन । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए । प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आउनुभएको थियो भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उहाँ लण्डनको बस्न थालेका थिए ।

आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उनले पूर्णकालीन रुपमा कामसमेत गर्दै आएको समाजसेवी लीलादेवी गुरुङले बताए ।
खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी भूपू गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी हुन । उनी गत वर्ष मात्र बेलायत आएका थिए ।

एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना भएकी राईलाई पहिलेदेखि मिर्गौलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिए । त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ । बेलायतको रेडिङ शहरमा बस्दै आउनुभएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए ।

तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टि गरेको थियो । उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आइरहनुभएको समाजसेवी कमल गुरुङ बताउछन् ।