१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटपाट गरिएका सामान फिर्ता गर्न कास्की प्रशासनको आग्रह



अ+ अ-

कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले जेनजीको प्रदर्शनका क्रममा सार्वजनिक निकाय तथा निजी सम्पत्ति लुटिएकाले ती सामान फिर्ता गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गरी लुटिएका सामग्रीसहित लुट्ने व्यक्तिका दृश्यहरू प्रहरीको सोधपुछ, सिसी क्यामेरा फुटेज र सामाजिक सञ्जालमार्फत पहिचान भइसकेकाले ती सामग्रीहरु तत् निकाय वा नजिकको प्रहरी इकाईमा बुझाइदिनुहुन अनुरोध गरेको हो ।

लुटपाटमा संलग्न व्यक्ति र सामग्रीहरु लुकाइएका स्थानसमेत पहिचान गर्ने काम भइरहेकाले लुटिएका सामग्री फिर्ता नगर्नेलाई कानुनी दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

यही भदौ २३ र २४ गतेको प्रदर्शनपछि विभिन्न सरकारी, अर्धसरकारी, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल तथा राजनीतिक दलका कार्यालयहरुमा तोडफोड, आगजनी र लुटपाटका गतिविधि भएका प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार आन्दोलनका क्रममा सरकारी तथा अर्थसरकारी निकाय, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय तथा प्रहरी चौकीहरुबाट हातहतियार, सञ्चार उपकरण, फर्निचर, कम्प्युटर, ल्यापटप, मोबाइल, भाँडाकुँडालगायत सामग्री लुटपाट भएका छन् ।

जेनजी प्रदर्शनको क्रममा पोखराका सङ्घ, प्रदेश तथा स्थानीय सरकारका कार्यालयहरु, होटल तथा प्रहरी चौकीहरुमा आगजनी तथा तोडफोड र लुटपाट गरिएको थियो । यहाँका पाँच दर्जनभन्दा बढी कार्यालयमा आगजनी गरिएको छ । रासस