११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

संसद विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अगाडी बढन आजपाको अपिल

संसद विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अगाडी बढन आजपाको अपिल
फाइल फोटो
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)ले संसद विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अगाडी बढन अपिल गरेको छ । नेपाली जनताले अहिलेको संविधान र सरकार दुबै अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनुको कुनै औचित्य नभएको आजपाले जनाएको छ ।

जेन–जी पुस्ताको अगुवाईमा भएको जनआन्दोलनमार्फत प्रकट गरेको ताजा जनादेशलाई सर्लक्क स्वीकार गरेर देशलाई बदलावको दिशामा अगाडि बढाउन नसक्नु गम्भीर चिन्ताको विषय भएको आजपाले जनाएको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले आज एक प्रेस विज्ञप्ती जारी गर्दै जेनजीको आन्दोलनमा युवा विद्यार्थीको नरसंहार एवं हत्या गर्ने आदेशको नेतृत्वकर्ता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सहित बरवर्तापूर्ण अपराधमा संलग्न सबैलाई कारवाही गर्न माग समेत गरेका छन् ।

‘वर्तमान संकट एवं सङ्क्रमणकालीन अवस्थाबाट निकासका लागि आन्दोलनमा अबोध युवा विद्यार्थीहरूको निर्मम नरसंहार एवं हत्या गर्ने आदेशको नेतृत्वकर्ता तत्कालीन प्रधानमन्त्री सहित यस बरवर्तापूर्ण अपराधमा संलग्न अन्य सरकारी अधिकारीहरुलाई समेत कानुन बमोजिम कारबाही गर्ने र राज्य सञ्चालनको उच्चतहमा रहेर काम गरेका सम्पूर्ण शासक एवं प्रशासकहरूको सम्पत्तिको स्रोत छानबिन गरी दोषी ठहर हुनेलाई दण्डित गर्ने प्रतिबद्धता सहित तत्काल जनआक्रोशको केन्द्रको रूपमा रहेको संसदलाई विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अघि बढ्न सम्पूर्ण सरोकारवालाहरूमा एकमुष्ट हार्दिक अनुरोध÷अपिल गर्दछौं,’ प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पश्चगामीको डरले यथास्थितिमा रमाउने खेल कुनै पनि हिसाबले सही नभएको आजपाको चेतावनी छ । ‘अहिलेको विषम परिस्थितिमा देशलाई अग्रगामी निकास दिनका लागि राष्ट्रपतिजस्तो सम्मानित संस्थाले यस आन्दोलनका नेतृत्व एवं सहयोगी शक्तिहरू तथा परिवर्तन पक्षधर धारसँग वार्ता र संवाद गरी समस्या समाधान गर्नुको सट्टा उल्टै उही अस्वीकृत यथास्थितिवादी एवं प्रतिक्रियावादी धारका पार्टी, प्रवृत्ति र व्यक्तिसँग छलफल गर्ने कार्य हामीलाई किमार्थ स्वीकार्य छैन ।

यो अशोभनीय एवं आपत्तिजनक कदम सडकबाट मुखारित जनादेश, जनआन्दोलनको भावना तथा नागरिक स्वतन्त्रता समेतको बर्खिलाप हो,’ विज्ञप्तीमा भनिएको छ ।

नेपालको वर्तमान राज्य व्यवस्था नै भ्रष्टाचारको मूल जड भएको निष्कर्ष आजपाको छ । अनुहार परिवर्तन गरेर मात्र भ्रष्टाचारको अन्त्य सम्भव नभएको जनाउदै आजपाले भ्रष्टाचार केवल केन्द्र सरकारमा मात्र नभई प्रदेशदेखि स्थानीय तह लगायत सम्पूर्ण सरकारी निकाय एवं संयन्त्रमा व्यापक रहेको जनाएको छ । भ्रष्टाचारको जननी यो लुटकारी व्यवस्था एवं प्रणालीमा सुधार बिना सुशासन र बदलाव सम्भव नभएको आजपाले जनाएको छ ।

‘अनुहार परिवर्तन गरेर मात्र भ्रष्टाचारको अन्त्य सम्भव छैन । किनकि भ्रष्टाचार केवल केन्द्र सरकारमा मात्र नभई प्रदेशदेखि स्थानीय तह लगायत सम्पूर्ण सरकारी निकाय एवं संयन्त्रमा व्याप्त छन् । अझ यसो भनौँ नेपालको वर्तमान राज्य व्यवस्था नै भ्रष्टाचारको मूल जड हो । यो यर्थातलाई सबैले स्वीकार्न जरूरी छ । जस्तो कारखाना हुन्छ, उत्पादन त्यस्तै हुन्छ । त्यसैले, भ्रष्टाचारको जननी यो लुटकारी व्यवस्था एवं प्रणालीमा सुधार बिना सुशासन र बदलाव सम्भव छैन ।

सार्वभौम जनताले सडकमार्फत संसद, सरकार एवं यसको विधि विधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा संविधानवादको रटान गर्नु हास्यास्पद हो । त्यसैले, भ्रष्ट, दलाल, लुटेरा एवं भगौडा वर्गको पक्षपोषण गर्ने वर्तमान अस्वीकृत संविधानको निर्माता एवं तक्माधारीहरूले माफी मागेर बाटो छोड़नुको सट्टा उल्टै आफूलाई केन्द्रमा राखेर संविधान रक्षाको नाटक प्रहसन गर्नु भनेको लुटकारी व्यवस्था र अवस्थाबाट असन्तुष्ट एवं आक्रोशित जनतालाई थप सशक्त विद्रोहको लागि उक्साउनु र नयाँ समस्या खडा गर्नु हो,’ आजपाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आजपाले जनविद्रोहको मर्मलाई तुरन्त सम्बोधन गर्नुको सट्टा विभिन्न आवरणमा अल्झाउनु, बल्झाउनु र खेलाउनु दुःखद् रहेको टिप्पणी गरेको छ ।