२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरको माग सम्बोधन गर्नुपर्छ’



अ+ अ-

काठमाडौँ। पूर्वसभामुखद्वय अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महराले नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

उहाँहरूले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “ऐतिहासिक संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरको मागलाई सम्बोधन गर्दै अग्रगमनको दिशातिर अगाडि बढ्नुपर्दछ, राष्ट्रपतिबाट भइरहेको पहल स्वागतयोग्य छ, सङ्घीय संसद्बाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुनेछ ।”

उहाँहरूले संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटीको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता जस्ता मूलभूत उपलब्धिको संरक्षण गर्नु सबैको दायित्व हुने उहाँहरुको भनाइ छ । जेन–जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना उहाँहरूले गर्नुभएको छ । रासस