२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनमा तनहुँमा ७८ सवारी, ३१ भौतिक संरचनामा क्षति



अ+ अ-

तनहुँ। जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले सङ्कलन गरेको विवरणअनुसार निजी तथा सरकारी सवारीसाधन र भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले सवारीसाधन र भौतिक संरचनातर्फ पूर्ण, आंशिक र सामान्य रूपमा क्षति भएको बताउनुभयो ।

प्रनाउ थापाका अनुसार दुईपाङ्ग्रे ३८ सवारीसाधन पूर्ण, १० आंशिक र दुई सामान्य क्षति भएका छन् । चारपाङ्ग्रे १७ पूर्ण र ११ आंशिक क्षति भएका छन् । सरकारी सवारीसाधन दुईपाङ्गेतर्फ ३४ पूर्ण, तीन आंशिक र एक सामान्य क्षति भएका छन् । निजीतर्फ चार पूर्ण, सात आंशिक र एक सामान्य क्षति भएका छन् । सरकारी सवारीसाधन चारपाङ्ग्रेतर्फ १७ पूर्ण, ११ आंशिक क्षति भएका छन् ।

भौतिक संरचनामा सरकारी कार्यालयतर्फ चार पूर्ण, १७ आंशिक र एक सामान्य क्षति भएका छन् भने व्यक्तिगततर्फ नौ वटा आंशिक क्षति पुगेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

यही भदौ २४ गतेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको थियो ।

त्यसैगरी नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको कार्यालयमा आगजनी र तोडफोड भएको थियो । रासस