१० श्रावण २०८३, आईतवार
,
Latest
हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाइते सैनिकहरूको समर्थनमा राजकुमार ह्यारीको आकस्मिक युक्रेन भ्रमण



अ+ अ-

एजेन्सी । बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ । यो उहाँको चार वर्षभित्रको दोस्रो भ्रमण हो ।

ह्यारीले स्थापना गरेको ‘इन्भिक्टस खेलकुद प्रतियोगिता’ घाइते, रोगग्रस्त वा सेवामा रहेका सैनिक तथा पूर्वसैनिकका लागि प्यारालिम्पिक शैलीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । युक्रेन समेत यस खेल आयोजना गर्न दावेदार मुलुकमध्ये एक हो ।

उहाँका प्रतिनिधिहरूले आगमनको पुष्टि गर्दै सैनिकहरूको पुनःस्थापना र उपचार प्रक्रियामा उहाँको निरन्तर सहयोग रहने जनाएका छन् ।

राजधानीतर्फको रात्रि रेलयात्रामा ह्यारीले गार्डियनसँग भन्नुभयो, “हामी युद्ध रोक्न सक्दैनौँ, तर पुनःस्थापनाको यात्रामा सकेसम्म सहयोग गर्न सक्छौँ ।”