१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामको जनजीवन सामान्य बन्दै, बढ्दै बजारमा चहलपहल



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य बन्दै गएको छ ।

जेन जी पुस्ताको आन्दोलन र प्रदर्शनपछि भएको आगजनी र तोडफोडपछि जनजीवन असामान्य बनेको थियो । आम नागरिकहरुमा त्रास पैदा भएको थियो ।

नेपाल प्रहरीका चौकीहरु जलेर ध्वस्त भएसँगै प्रहरी प्रशासन तहसनहस बन्यो । जसकारण पनि समाजमा त्रास पैदा भएको थियो ।

नेपाली सेनाले सुरक्षाको जिम्मा लिएसँगै अहिले जनजीवन सामान्य बन्दै गएको छ । बजारहरु खुल्न थालेका छन् । हिँडडुल गर्न सहज भएको छ ।