६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु



अ+ अ-

चन्द्रपुर, (रौतहट) । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६:०० बजेदेखि साँझ ७:०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अत्यावश्यक आवतजावतका लागि आज साँझ ५:०० बजेदेखि ७:०० बजेसम्मको समय तोकिएको छ ।

निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक,  प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।