२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू



अ+ अ-

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरधामले अर्को आदेश नभएसम्म आज साँझ ६ बजेदेखि भोलि २७ गते बिहान ६ बजेसम्मका लागि धनुषा जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा आज जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको दफा ६को उपदफा (३ क), (६ क) र (६ ख) बमोजिम जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी गरेको सो कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।

कर्फ्यु आदेश जारी रहेसम्म कुनै प्रकारको प्रदर्शन, भेला, जुलुस, सभा, सम्मेलन, बैठक तथा घेराउ गर्न नपाउने सूचनामा जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । यसअघि आज बिहान ११ बजेदेखि आज साँझ ५ बजेसम्म धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी भएको सूचनामा जनाइएको छ । साथै जिल्लामा शान्तिसुरक्षा कायम गर्न नेपाली सेना परिचालन भइरहेको सूचनामा उल्लेख गरिएको छ । रासस