२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा आज साँझ ५ बजेसम्म निषेधाज्ञा जारी, बागलुङमा अनिश्चितकालीन निषेधाज्ञा



अ+ अ-

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज बिहान ११ः०० देखि साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ । जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार पोखरा क्षेत्रमा लागू हुनेगरी सो आदेश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुने, धर्ना, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यस अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी सञ्चालन गर्न पाइनेछ ।

साथै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । पोखरामा जेनजी प्रदर्शनका क्रममा गत मङ्गलबार दुई जनाको आगजनीमा परेर मृत्यु भएको पुष्टि भएको छ । यसैगरी, प्रदर्शनकारीले तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी गरेर क्षति पुर्‍याएका छन् ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० र ९ख० बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।

बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्र, गलकोट नगरपालिका–३, ५ र ६, जैमिनी नगरपालिका–१, ढोरपाटन नगरपालिका–१, २ र ३ र बडिगाड गाउँपालिकाको मध्यपहाडी लोकमार्ग आसपासमा निषेधाज्ञा जारी गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला गर्न वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्नेरगराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुनबमोजिम कारबाही हुने उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान १० देखि आज बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा थप आन्दोलन हुन सक्ने भन्दै आज पनि निषेधाज्ञा जारी गरेको हो ।