२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा आज साँझ ५ बजेसम्म निषेधाज्ञा जारी, बागलुङमा अनिश्चितकालीन निषेधाज्ञा



अ+ अ-

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज बिहान ११ः०० देखि साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ । जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार पोखरा क्षेत्रमा लागू हुनेगरी सो आदेश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुने, धर्ना, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यस अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी सञ्चालन गर्न पाइनेछ ।

साथै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । पोखरामा जेनजी प्रदर्शनका क्रममा गत मङ्गलबार दुई जनाको आगजनीमा परेर मृत्यु भएको पुष्टि भएको छ । यसैगरी, प्रदर्शनकारीले तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी गरेर क्षति पुर्‍याएका छन् ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० र ९ख० बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।

बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्र, गलकोट नगरपालिका–३, ५ र ६, जैमिनी नगरपालिका–१, ढोरपाटन नगरपालिका–१, २ र ३ र बडिगाड गाउँपालिकाको मध्यपहाडी लोकमार्ग आसपासमा निषेधाज्ञा जारी गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला गर्न वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्नेरगराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुनबमोजिम कारबाही हुने उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान १० देखि आज बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा थप आन्दोलन हुन सक्ने भन्दै आज पनि निषेधाज्ञा जारी गरेको हो ।