३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राजीनामा दिइसकेकी सोविता भन्छिन्– जनताको सर्वोच्च कायम राख्न विघटन गर्न हुँदैन, तोषिमा भन्छिन्– विघटन गर्न ढिला गर्नै हुँदैन

राजीनामा दिइसकेकी सोविता भन्छिन्– जनताको सर्वोच्च कायम राख्न विघटन गर्न हुँदैन, तोषिमा भन्छिन्– विघटन गर्न ढिला गर्नै हुँदैन
अ+ अ-

काठमाडौं । संसद् विघटनबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार देखिएको छ । जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले चरम दमन गरेपछि रास्वपाका सबै सांसदहरुले राजीनामा दिइसकेका छन् । यद्यपी यो राजीनामा स्वीकृत भइसकेको छैन । तर अहिले उनीहरु नै संसद् विघटन गर्नुपर्छ वा हुँदैन भन्नेमा दुई धारमा देखिएका छन् ।

रास्वपा सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चता कायम राख्ने संसद् भएको भन्दै संसद् विघटन गर्न नपाइने बताएकी छन् ।

बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले संसद् विघटनको काम सह्यै नहुने बताएकी हुन् । उनले जेन–जीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने बताइन् । उनले भनिन्, ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता सङ्कटमा पर्नु हो ।’

जेन–जीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थ प्रेरित निर्णय गर्न नपाइने धारणा राखिन् । उनले भनिन्, ‘कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ, गौतमले भनिन् ‘अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने अहिले जेन–जीहरू जसरी सक्रिय हुनुभएको छ, चुनावबाट तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ । कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ ।’

उनले अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने जेन–जीहरूले चाहेको मान्छे ल्याउन सकिने बताइन् ।

यता रास्वपाकै सांसद तोषिमा कार्कीले भने संसद् विघटन गरेर नेपालको संविधानअनुसार चुनाव गराएर जनताको स्थिर सरकार बनाउन अग्रसर हुनुपर्ने बताएकी छन् ।

उनले आज सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्–

अर्को कुरा २ वर्षसम्मको संसदिय अभ्यासले सिकाएको कुरा: अहिलेको बर्तमान संविधानले स्थिर सरकार दिन सक्दैन र जनमतको धज्जी उडाउने गरी सरकारमा गठबन्धनका खेलहरु मात्र खेलिनछन् त्यसैले पार्टीले बहुमत ल्याउन सक्ने वातावरण बनाउँदै प्रतक्ष निर्वाचित कार्यकारी प्रम ल्याउने र प्रदेश सरकार खारेज गर्ने हिम्मत अब राख्नुपर्छ । लोकतन्त्रलाई थप उन्नत बनाउन पनि अरु थुप्रै संसोधनहरु आवश्यक छ !! त्यसलाई नेपालको परिमार्जित नयाँ संविधानको रुपमा अघि लैजान सकिन्छ ।

त्यसैले पनि अब ढिला नगरी यो संसद विघटन गरिनुपर्छ। त्यसपछि अन्तरिम सरकारले परिमार्जित नयाँ नेपालको संविधान अनुसार चुनाव गराएर जनताको थिर सरकार बनाउन तिर अग्रसर हुनुपर्छ ।

नआत्तिनुस् है कत्ति पनि ! ध्वस्त मरभुमि भएको नागासाकि हिरोसिमा त जुर्मुरएर उठे ! नेपाल पनि उठ्छ उठाउन सकिन्छ जुरुक्क !!