काठमाडौं। नेपाली सेनाले काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै सेनाले कर्फ्यू आदेश जारी गरेको हो ।
सो अनुसार अत्यावश्यक कार्यको लागि भदौ २६ गते विहान ६ बजेदेखि १० बजेसम्म तथा बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ।
सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

