२३ भाद्र २०८३, मंगलवार
,
Latest
देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा दम्पत्तिको उपचार: टाउकामा चोट धेरै, अवस्था गम्भीर: अस्पताल



अ+ अ-

काठमाडौं । जेन्जीको आन्दोलनका क्रममा हिजो घरमै आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनकै घरमा आन्दोलनकारीहरुले आक्रमण गरी उनीहरुलाई घाइते बनाएका थिए । त्यसपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी अस्पताल लगेको थियो ।

काठमाडौँकै एक अस्पतालमा उपचाररत सभापति देउवाको टाउको र छातीमा गम्भीर चोट लागेको छ । बृद्ध उमेरका देउवाका टाउकामा धेरै पटक हिर्काइएकाले बाहिर चोट नदेखिए पनि मस्तिष्कमा असर देखिएको अस्पताल स्रोतले जनाएको छ । त्यस्तै उनको छातीमा पनि खुकुरीको चोट लागेको छ । एक युवाले हानेको खुकुरी अर्काले रोकेकाले कम क्षति भएको भए पनि छातीमा खुकुरी बज्रिएकाले भित्रैदेखि चोट देखिएको छ ।

हिजो सार्वजनिक भएको भिडियोमा पनि एक युवाले देउवाको अगाडि नै खुकुरी नचाएका देखिन्छ । देउवाको पारिवारिक स्रोतले भन्यो ती युवाले हानेको खुकुरी अर्काले रोकेका कारण अप्रिय घटना हुन पाएन, तर पनि खुकुरी भने छातीमा बज्रिएको र चोट बढी देखिएको छ ।

उहाँको टाउकाको सिटी स्क्यान गरेर थप उपचार थालिएको छ । तर टाउकामा धेरै पटक हिट गरेको चोट देखिएकाले अवस्था गम्भीर हुन पुगेको अस्पतालले जनाएको छ ।

त्यसैगरी देउवा पत्नी आरजुको पनि टाउकामा चोट लागेको छ । उनलाई पनि टाउको र छातीमा नै चोट देखिएको सो अस्पतालले जनाएको छ ।