काठमाडौँ । जेनजीको भर्चुअल बैठकमा भावि प्रधानमन्त्रीबारे गम्भीर छलफल गरिएको छ ।
५ हजारभन्दा बढी सहभागी बैठकमा सबैभन्दा बढी समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जनाइएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह जेनजी पुस्तामा सबैभन्दा बढी लोकप्रिय भएपनि उनी सम्पर्कमा नआएपछि
(फोन नउठाएपछि) अरु नामहरुमाथि छलफल गरिएको थियो । जसअनुरुप सबैभन्दा धेरै समर्थन सुशीला कार्कीको नाममा रहेको छ ।
कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेको स्रोत बताउँछ ।
यस्तै, कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ, र्यान्डम नेपाली नामक युट्यूवरलाई पनि कुरा चलेको थियो ।










