१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीको भर्चुअल बैठकः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पपुलर भोट



अ+ अ-

काठमाडौँ । जेनजीको भर्चुअल बैठकमा भावि प्रधानमन्त्रीबारे गम्भीर छलफल गरिएको छ ।

५ हजारभन्दा बढी सहभागी बैठकमा सबैभन्दा बढी समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जनाइएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह जेनजी पुस्तामा सबैभन्दा बढी लोकप्रिय भएपनि उनी सम्पर्कमा नआएपछि
(फोन नउठाएपछि) अरु नामहरुमाथि छलफल गरिएको थियो । जसअनुरुप सबैभन्दा धेरै समर्थन सुशीला कार्कीको नाममा रहेको छ ।

कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेको स्रोत बताउँछ ।

यस्तै, कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ, र्‍यान्डम नेपाली नामक युट्यूवरलाई पनि कुरा चलेको थियो ।