१० श्रावण २०८३, आईतवार
,
Latest
अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डकी छोरी गंगा दाहालको घरमा फेला परेको शवको पहिचान खुल्यो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा भेटिएको शवको पहिचान खुलेको छ ।

ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगाको घरबाट मंगलबार जलेको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीका अनुसार स्थानीय २५ वर्षीय सुरज खत्री भन्ने व्यक्तिको शव रहेको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव आगजनी गर्ने व्यक्तिमध्येकै हुन सक्ने अनुमान गरिए पनि अहिले नै पुष्टि गर्ने अवस्था नरहेको प्रहरी बताउँछ ।

जेनजी प्रदर्शनका क्रममा युवाहरूले मंगलबार गंगाको घरमा आगजनी गरेका थिए । आगजानीका कारण घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।