२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डकी छोरी गंगा दाहालको घरमा फेला परेको शवको पहिचान खुल्यो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा भेटिएको शवको पहिचान खुलेको छ ।

ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगाको घरबाट मंगलबार जलेको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीका अनुसार स्थानीय २५ वर्षीय सुरज खत्री भन्ने व्यक्तिको शव रहेको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव आगजनी गर्ने व्यक्तिमध्येकै हुन सक्ने अनुमान गरिए पनि अहिले नै पुष्टि गर्ने अवस्था नरहेको प्रहरी बताउँछ ।

जेनजी प्रदर्शनका क्रममा युवाहरूले मंगलबार गंगाको घरमा आगजनी गरेका थिए । आगजानीका कारण घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।