२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित ३३ सय कैदी फरार



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।

स्रोतका अनुसार कारागारमा ३८ सय कैदीबन्दी रहेकामा हाल करिब ५ सय मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना कैदी छन् ।

भद्र बन्दीगृहमै रहेका एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी पनि भागेको स्रोतले बतायो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।

भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्किएको बताइएको छ ।