२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारका डिजिटल डाटा सुरक्षित रहेको दाबी



अ+ अ-

काठमाडौं । जेनजी प्रदर्शनकारीको मंगलबारको प्रदर्शनबाट मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि भौतिक संरचनामा क्षति पुग्यो ।

यद्यपि, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको बताइएको छ ।

एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी)का कार्यालय प्रमुख मनिष भट्टराईका अनुसार आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआर (डिजास्टर रिकभरी कार्यालय) पनि पूर्णतः सुरक्षित रहेको छ ।

कतिपयले हेटौँडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला चलाएपनि यी सबै अफवाह मात्रै भएको उनी बताउँछन् ।

आईडीएमसीअन्तर्गत सबैजसो सरकारी निकाय र कार्यालयको डाटा सुरक्षित रहेको, तर केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण आगजनीमा परेको भए तिनका डाटाबारे केही भन्न नसकिने उनले बताए ।

सर्वोच्च अदालतका केही डाटा हेटौँडास्थित डीआर कार्यालयमा सुरक्षित रहेको पनि बताइएको छ ।