१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारका डिजिटल डाटा सुरक्षित रहेको दाबी



अ+ अ-

काठमाडौं । जेनजी प्रदर्शनकारीको मंगलबारको प्रदर्शनबाट मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि भौतिक संरचनामा क्षति पुग्यो ।

यद्यपि, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको बताइएको छ ।

एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी)का कार्यालय प्रमुख मनिष भट्टराईका अनुसार आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआर (डिजास्टर रिकभरी कार्यालय) पनि पूर्णतः सुरक्षित रहेको छ ।

कतिपयले हेटौँडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला चलाएपनि यी सबै अफवाह मात्रै भएको उनी बताउँछन् ।

आईडीएमसीअन्तर्गत सबैजसो सरकारी निकाय र कार्यालयको डाटा सुरक्षित रहेको, तर केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण आगजनीमा परेको भए तिनका डाटाबारे केही भन्न नसकिने उनले बताए ।

सर्वोच्च अदालतका केही डाटा हेटौँडास्थित डीआर कार्यालयमा सुरक्षित रहेको पनि बताइएको छ ।