२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा सुनुवाइ स्थगन



अ+ अ-

काठमाडौँ : सर्वोच्च अदालतले अर्को सूचना जारी नहुँदासम्मका लागि सुनुवाइका क्रममा अदालतमा रहेका मुद्दाका पेसी स्थगन गरेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आज जारी गर्नुभएको सूचनामा अब अर्को सूचना नभाएसम्मका लागि पेसीमा राखिएका मुद्दाहरू स्थगित गरिएको उल्लेख छ ।

“मिति २०८२-५-२४ गते भएको आगजनीका कारण सर्वोच्च अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुदाँ आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको छ”, सूचनामा भनिएको छ, “भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभाएसम्मका लागि स्थगित गरिएको व्यहोरासमेत जानकारीका लागि अनुरोध छ । यसबाट सर्वसाधरण सेवाग्राहीमा पर्न गएको असुविधाका लागि सर्वोच्च अदालत दुःख व्यक्त गर्दछ ।”

‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मङ्गलबार सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो ।रासस