काठमाडौं । काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले समातेको हो ।
जेनजी पुस्ताले गरेको आन्दोलनपछिको परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई सेनाले नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्नहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्ने तयारी भएको छ ।










