१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण



अ+ अ-

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।

अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो ।

नयाँ कोभिड-१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४१८,००० पुगेको छ । 

यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ जसले गर्दा श्रमिकको अभाव, हजारौं उडान रद्द, र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य  भएका छन् । (रासस-सिन्ह्वा )