१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरु जोगाउन जरुरी छः रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जेड आन्दोलनको क्रममा देशभर भएको घटनाक्रमप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

लामिछानेले देशका लुटेराहरूले क्रमशः सजाय भोग्ने बेला आएको उल्लेख गर्दै उनीहरूले जोडेको सम्पत्ति तीन पुस्ताको लुटबाट आएकाले “त्यो राष्ट्रियकरण गरिनुपर्छ र कानुनी कारबाही पनि गर्नुपर्छ” भनेका छन् ।

उनले आन्दोलनको क्रममा राष्ट्रका महत्वपूर्ण सम्पत्ति—प्रहरी, न्यायालय, सुरक्षा निकायसँग सम्बन्धित कागजात—को सुरक्षा अत्यावश्यक रहेको भन्दै सार्वजनिक सम्पत्ति नष्ट हुन नदिन आग्रह पनि गरेका छन् ।

“यो आन्दोलन विशुद्ध जेन–जेडको हो,” भन्दै उनले मुलुकको अबको नेतृत्व जेन–जेडको माग र परिकल्पनाअनुसार अगाडि बढ्नुपर्नेमा आफू स्पष्ट रहेको बताएका छन् ।

रिहाइसम्बन्धी प्रसंगमा उनले आम नागरिकको दबाबपछि कानुनी प्रक्रिया पूरा भएर मात्रै आफू कारागारबाट निस्किएको जानकारी गराउँदै भविष्यमा कानुनी प्रक्रियामा सहयोग गर्न तयार रहेको बताए ।

एक सचेत नागरिकका हैसियतले सबैलाई संयमता अपनाउन हार्दिक अनुरोध गर्दै उनले राष्ट्र र जनताको पक्षमा निरन्तर खटिने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले भनेका छन्ः

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ । राष्ट्रीय सुरक्षा संग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन ।

सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।

आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।