२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्षौंदेखिको असन्तुष्टि र गुनासो विष्फोट भयाे: राजेश हमाल



अ+ अ-

अष्ट्रेलिया । अभिनेता राजेश हमाल अष्ट्रेलियाको सिड्नीस्थित स्ट्रयाथफिल्डमा जेन जीद्वारा आयोजित एक्यबद्धता तथा श्रद्धाञ्जली सभामा सहभागी भएका छन् । ठूलो संख्यामा भेला भएका युवाहरुलाई सम्बोधन गर्दै हमालले नेपालमा जेन जीले गरेको साहसको प्रशंसा गरे ।

उनले भने, ‘जेन जी माथि भएको सरकारी दमन राज्यको अपराध र इतिहासकै दुखद घटना हो ।’ अहिले जेन जीले गरेको आन्दोलन तत्कालको आक्रोश मात्रै नभएर बर्षौंदेखिको असन्तुष्टि र गुनासो विष्फोट भएको पनि उनले बताए ।

हमालले आन्दोलन राष्ट्रका लागि र परिवर्तनका लागि भएकाले राष्ट्रिय सम्पत्तिमा क्षति नगर्न र संयमता अपनाउन पनि आग्रह गरे । राष्ट्रिय सम्पत्ति नेताको निजी सम्पत्ति नभएको जनताकै सम्पत्ति भएकोले त्यसको रक्षा गर्नुपर्नेमा उनले जोड दिए । हामी सबैलाई हाम्रो राष्ट्र, हाम्रो सम्पत्ति, हाम्रो पूर्वाधार प्यारो छ, भोलि युवाहरु नेतृत्वमा आउँदा पनि चाहिने त्यही पूर्वाधार हो, त्यसैले आन्दोलनको उद्देश्य र मर्मलाई शान्तिपूर्ण रुपमा अघि बढाऔं, उनले थपे ।