काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई वार्तामा आउन आपिल गर्नुभएको छ ।
राष्ट्पति पौडेलले भन्नुभएको छ – ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु ।,’
साथै, विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध पनि गर्नुभएको छ ।










