१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक सम्पत्ति नष्ट नगर्न कुलमान घिसिङको अपिल



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेन–जेड आन्दोलनमा भएको सरकारी दमनप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

मंगलबार जारी अपिलमार्फत उनले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न र सकारात्मक परिवर्तनतर्फ अघि बढ्न आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा आन्दोलनलाई शान्तिपूर्ण रूप दिने बेला आएको उनले उल्लेख गरेका छन् । सम्पत्ति नागरिककै करबाट बनेको भन्दै उनले त्यसको सुरक्षा गर्न अपिल गरेका छन् ।

घिसिङले युवापुस्तासहित सबैलाई धैर्य र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दै “जेन–जेड सहित अन्तरिम चुनावी सरकार गठन गरी मध्यावधि निर्वाचनमार्फत राजनीतिक निकास खोज्नुपर्ने” सुझाव दिएका छन् ।

यो कालो समय चिर्दै उज्यालो नेपाल सम्भव रहेको उनको भनाई छ ।