काठमाडौँ । जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ ।
आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकिसकेको जनाउँदै परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको उल्लेख गर्दै नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको जनाइएको छ ।
सार्वजनिक अपीलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौं ।’











