१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिलः संवादबाट शान्तिपूर्ण समाधान निकालिनुपर्छ



अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुले संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् ।

प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडि, एपीएफका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले एक विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजिनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।