१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीलाई सेना प्रमुखसँग वार्ता गर्न तयार हुन बालेनको आग्रह, वार्तागर्नु अघि संसद् विघटन हुनुपर्ने माग



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हालको जेन–जेड आन्दोलनलाई “नितान्त युवाको नेतृत्वमा आधारित” भन्दै संयमित हुन आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै शाहले आन्दोलनको प्रभावमा जिम्मेवार व्यक्तिको राजीनामा आइसकेको उल्लेख गर्दै अबको चरणमा शान्ति र परिपक्वताको खाँचो रहेको बताएका हुन् ।

“प्रिय जेन जी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला !” उनले फेसबुकमा लेखेका छन् । साथै, बालेनले जनधनको क्षति स्वयम् देशको सम्पत्तिमा क्षति भएको भन्दै युवालाई तोडफोड वा हिंसाबाट टाढा रहन आग्रह पनि गरेका छन् ।

शाहले आगामी दिनमा देशको नेतृत्व युवापुस्ताले गर्नुपर्ने बेला आएको भन्दै युवाहरूलाईूतयार रहन आह्वान समेत गरेका छन् ।

साथै, उनले सेना प्रमुखसँग वार्ताको सम्भावना खुला राख्दै, तर त्यो वार्ताको पूर्वशर्तका रूपमा ‘संसद् विघटन भइसकेको हुनु पर्ने’ शर्त पनि राखेका छन् ।