१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीलाई सेना प्रमुखसँग वार्ता गर्न तयार हुन बालेनको आग्रह, वार्तागर्नु अघि संसद् विघटन हुनुपर्ने माग



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हालको जेन–जेड आन्दोलनलाई “नितान्त युवाको नेतृत्वमा आधारित” भन्दै संयमित हुन आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै शाहले आन्दोलनको प्रभावमा जिम्मेवार व्यक्तिको राजीनामा आइसकेको उल्लेख गर्दै अबको चरणमा शान्ति र परिपक्वताको खाँचो रहेको बताएका हुन् ।

“प्रिय जेन जी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला !” उनले फेसबुकमा लेखेका छन् । साथै, बालेनले जनधनको क्षति स्वयम् देशको सम्पत्तिमा क्षति भएको भन्दै युवालाई तोडफोड वा हिंसाबाट टाढा रहन आग्रह पनि गरेका छन् ।

शाहले आगामी दिनमा देशको नेतृत्व युवापुस्ताले गर्नुपर्ने बेला आएको भन्दै युवाहरूलाईूतयार रहन आह्वान समेत गरेका छन् ।

साथै, उनले सेना प्रमुखसँग वार्ताको सम्भावना खुला राख्दै, तर त्यो वार्ताको पूर्वशर्तका रूपमा ‘संसद् विघटन भइसकेको हुनु पर्ने’ शर्त पनि राखेका छन् ।